२४ बैशाख २०८१, सोमबार

टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक भएकोले तत्काल फिर्ता होस् : विश्वप्रकाश शर्मा


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक भएकोले निर्णय तत्काल फिर्ता गर्नेपर्ने बताएका छन् ।

सामाजिक संजाल एक्स (ट्विटर) मा उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेका हुन् । उनले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको तर्क गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

उनले लेखेका छन्, ”गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाएर बन्द गर, नो कमेन्ट l तर, एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् l”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !