२१ बैशाख २०८१, शुक्रबार

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिंदै


कोशीका मुख्यमन्त्री केदार कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

हिजो मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बुधबार बस्ने प्रदेशसभाको बैठकको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तय गरेको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज विश्वासको मत लिने भएका हुन् । नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीलाई एमालेसँगै आफ्नो पार्टी कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । उनलाई राप्रपा र जसपाबाहेकका सबै दलले मत दिने भएका छन् ।

नेपाली कांग्रेसका सबै सांसदलाई पक्षमा मत हाल्न पार्टीको केन्द्रीय समितिले पत्राचार गरेको छ । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !