२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाको भोलि बस्ने भनिएको बैठक स्थगित


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !