२२ बैशाख २०८१, शनिबार

कोशी प्रदेशमा मुख्यमन्त्री पदका लागि कार्की र आङ्बोद्वारा दाबी पेश


इन्द्रबहादुर आङ्बो र केदार कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दुई प्रदेशसभा सदस्यले हस्ताक्षरसहित आज दाबी पेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै दाबीसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेको कोशी प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।

आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न शुक्रबारसम्मको समय दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !