२० बैशाख २०८१, बिहिबार

इजरायलमा १० नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने


प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले आज मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषदको विशेष बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको हो ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधिमन्त्री रेखा शर्माले हिजो जानकारी दिएकी थिइन् ।

मन्त्रिपरिषदको बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको छ । सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !