२४ बैशाख २०८१, सोमबार

समानुपातिक पद्धति हटाए समावेशिता समाप्त हुन्छ : नेता पौडेल


प्रदीप पौडेल

टक्सार, भोजपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताउनुभएको छ । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए ।

नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको आज भोजपुरको दिङलामा उद्घाटन गर्दै नेता पौडेलले समानुपातिक कोटामा आफ्ना निकटका व्यक्ति ल्याउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले जनसङ्ख्या, समुदाय र जमिन अनुकूलको समावेशिता आवश्यक रहेको उल्लेख गरे ।

सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो । “कांग्रेसले जनताको सरोकारसँग जोडेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्छ”, नेता पौडेलले भने ।

कोशी प्रदेशका प्रदेशसभा सदस्य एवम नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले कांग्रेसभित्र धेरै समस्या देखिएकाले अबका दिनमा सच्चिएर जान आवश्यक रहेको बताए । कार्यक्रममा नगर सभापति भीम तामाङ, पार्टीका जिल्ला सचिव सफल किरातलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !