१८ बैशाख २०८१, मंगलबार

तमलोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै


tamalopa

६,असार, काठमाडौ- तराई मधेस लोकतान्त्रिक पार्टी अर्थात तमलोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । नवलपरासीको रामग्राममा ३ दिनसम्म चल्ने छ ।

महाधिवेशनका लागि काठमाण्डौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट एक हजार प्रतिनिधि र चार सय पर्यवेक्षक रामग्राम पुगेका छन् ।

महाधिवेशनमा उपस्थितिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका सबै नेतालाई निम्ता पठाईएको तमलोपाले जनाएको छ । महाधिवेशनमा विदेशी प्रधिनिधि पनि सहभागि हुने छन् ।

२०६४ सालमा स्थापना भएको तमलोपाले पहिलो पल्ट महाधिवेशन गर्न लागेको हो । महाधिवेशनले विधान संशोधन तथा परिमार्जन गर्दै नीति तथा कार्यक्रम पारित गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !