२० बैशाख २०८१, बिहिबार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लिए सपथ


हिक्मत कार्कीले लिए सपथ

काठमाडौँ । कोशी प्रदेशका नयाँ मुख्यमन्त्री हिक्मत कार्कीले सपथ लिएका छन् । नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता समेत रहेका कार्कीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्री कार्कीलाई सपथ गराएका हुन् । सर्वोच्चको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

हिजो बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

हिक्मत कार्कीले लिए सपथ

कोशी प्रदेशमा आज ३ मन्त्री र १ राज्यमन्त्रीसहित आजै मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका छन् ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै सोही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् ।

साथै भोजपुरबाट समानुपातिक सांसद सिर्जना राई सामाजिक विकास राज्यमन्त्री भएकी छन् । नवनियुक्त ३ जना मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराए भने नवनियुक्त राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्कीले सपथ गराएका हुन् ।

यो पनि पढ्नुहोस्

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !