२४ बैशाख २०८१, सोमबार

कामपा-१६ वडा अध्यक्ष मुकुन्द रिजालको उपचारको क्रममा निधन


मुकुन्द रिजाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ वडा अध्यक्ष मुकुन्द रिजालको उपचारको क्रममा निधन भएको छ । डेंगु संक्रमण भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो ।

वडा अध्यक्ष रिजालको उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।

रिजाल पाँच दिनअघि डेंगु संक्रमण भएर अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

रिजाल नेपाली काँग्रेस काठमाडौँ-७ का क्षेत्रीय सभापति समेत रहेका थिए । काठमाडौँ महानगरले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको जनाएको छ ।

https://twitter.com/Sirjana_Singh/status/1699613137727889436


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !