२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको उत्तर दिंदै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिएको हो ।

पहिलो प्रश्न ललितपुर क्षेत्र नम्वर १ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रश्न राखेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन् ।

यस्तै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !