२२ बैशाख २०८१, शनिबार

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा सधैं ‘वेलकम’ छ : अध्यक्ष ओली


केपी शर्मा ओली

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो पार्टी एमालेमा स्वागत गर्ने बताएका छन् ।

आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताए । भण्डारी राजनीतिमा आउँछु भनेको खण्डमा सधैं स्वागत गर्न आफूहरु तयार रहेको पनि उनले दाबी गरे ।

पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको अध्यक्ष ओलीले बताए । ओलीले पार्टीका नेताले भण्डारीलाई भेटेका विषयमा अनावश्यक हल्ला चलाउन नहुने बताए ।

भण्डारी पार्टीको पूर्वउपाध्यक्ष समेत भएका कारण भेट्न मिल्ने बताए । एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा सत्तारुढ दलहरुले फोहरी खेल खेलेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !