२१ बैशाख २०८१, शुक्रबार

विशेष कारणवश भन्दै राष्ट्रियसभाको बैठक सारियो


राष्ट्रियसभा

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको आज दिउँसो १:०१ बजेका लागि बोलाइएको बैठक सरेको छ । विशेष कारणवश भन्दै राष्ट्रियसभाको बैठक आजै अपराह्न ३:१४ बजे बस्ने गरी सारिएको हो ।

संघीय संसदका महासचीव डा. भरतराज गौतमले एक सूचना सार्वजनिक गर्दै राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको जानकारी दिएका छन् । उनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ३ को उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले आजै ३:१४ बजे बैठक बस्ने गरी निर्धारण गरेको बताएका हुन् ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद्को गठन र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्वन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्वन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यबिधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरोपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने चौथो सम्भावित कार्यसूची रहेको छ ।

विशेष कारणवश भन्दै राष्ट्रियसभाको बैठक सारियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !