६ जेष्ठ २०८१, आइतबार

गच्छदारसहित तीन पूर्वमन्त्रीसँग पनि सीआईबीले लियो बयान, एक पूर्वमन्त्री फरार


विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जयकुमार शाह

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्रीसँग पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा बयान लिएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग सीआईबीले बयान लिएको हो भने पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार रहेको सीआईबीले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारसँग सोमबार साँझ सीआईबीले बयान लिएको थियो ।

सीआईबीले फरार भनिएका तत्कालीन भूमिसुधार मन्त्री जोशीसँग पनि हिजो सोमबार बेलुका बयान लिएको थियो । यस्तै पूर्वराज्यमन्त्री सञ्जय साहसँग सीआईबीले बयान लिएको छ ।

उक्त जग्गा प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लागेको छ । यसअघि सोही प्रकरणमा आइतबार राति सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको थियो।

यसअघि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । काठमाडौँ जिल्ला अदालतबाट साउन २१ गते आइतबार ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

यो पनि पढ्नुहोस्

माधव नेपालको घरमै पनि पुगेर सीआईबीले लियो बयान

आफ्नो निवासमा सीआईबीका अधिकारीलाई बोलाएर बाबुरामले दिए बयान

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !