२३ बैशाख २०८१, आइतबार

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी


विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जयकुमार शाह

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सत्ता साझेदार प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतले हिजो आइतबार ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गच्छदार, पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले बताएको हो । उक्त जग्गा प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !