२४ बैशाख २०८१, सोमबार

महराको विषय माओवादीले होइन, सीआईबीले छानबिन गर्नुपर्छ : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

काँग्रेस संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै महामन्त्री थापाले महराबारे जोडिएको सुन प्रकरणमा माओवादीले धारणा प्रष्ट पारेर नहुने भएकोले राज्यका निकायले छानबिन गर्नुपर्ने धारणा राखेका हुन् ।

माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेकोप्रति आपत्ति जनाउँदै महामन्त्री थापाले सीआईबीले यसबारे प्रष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीको पार्टीको होस् वा जोसुकै भएपनि छानबिनको दायरामा आउनैपर्ने माग गरे । थापाले सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्ने भन्दै राज्यका संस्थालाई अविश्वास गर्नु नहुने बताए ।

सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा र उनका छोरा राहुल महराको नाम आएपनि प्रहरीले अनुसन्धान नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !