२२ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रका मन्त्रीसहित पदाधिकारीको बैठक बालुवाटारमा जारी


माओवादी पदाधिकारी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मओवादी केन्द्रका मन्त्रीसहितको पदाधिकारी बैठक जारी रहेको हो ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु पनि उपस्थित रहेका छन् । जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको हो ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् । यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।

बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री भएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार चितवनबाट फर्केलगत्तै बालुवाटारमा बैठक बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !