२१ बैशाख २०८१, शुक्रबार

संसद् अवरोधबारे नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्दै


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलन गर्दै छ । सुन तस्करी प्रकरण र संसद् अवरोधबारे जानकारी गराउन एमालेले विशेष पत्रकार सम्मेलन गर्न लागेको हो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गर्न लगिएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !