२२ बैशाख २०८१, शनिबार

अस्वस्थ्य भएपछि कानुनमन्त्री गुरुङ मनमोहन सेन्टरमा भर्ना


धनराज गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई महाराजगञ्गस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन सेन्टरमा रिफर गरेको हो ।

मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने भएको छ । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !