२२ बैशाख २०८१, शनिबार

एमालेको अवरोधपछि संसदको बैठक भोलिसम्मको लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि संसदको बैठक भोलिसम्मको लागि स्थगित भएको छ । एमालेले नाराबाजी गरेर संसद अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक भोलि दिउँसो १ बजेसम्मको लागि स्थगित गरेका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले राखेको प्रश्नको जवाफ दिएका थिए । तर एमालले सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको मागप्रति गृहमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त नगरेको भन्दै एमालेले संसद अवरोध जारी राखेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !