२२ बैशाख २०८१, शनिबार

शीर्ष नेताबीच सहमति नजुटेपछि संसद बैठक भोलि ३ बजेसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले आज बेलुकी सूचना टाँसेर प्रतिनिधिसभाको बैठक भोलि साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।

सदनको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलका शीर्ष नेताको बैठकमा सहमति नजुटेपछि संसद बैठक भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !