२५ बैशाख २०८१, मंगलबार

संवैधानिक परिषद्को बैठक आज बस्दै


संवैधानिक परिषदको बैठक फाइल फोटो

काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक परिषद्को बैठक आज साउन १८ गते बिहीबार ५ बजे बस्ने भएको हो ।

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएपछि पुनः आज बस्नेगरी स्थगित गरिएको थियो ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि आज पनि बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !