२२ बैशाख २०८१, शनिबार

सभापति देउवाले जवाफ दिएर कांग्रेसको केन्द्रीय समिति बैठक आज समापन हुँदै


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसको केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर केन्द्रीय समिति बैठक आज समापन हुन लागेको हो । गत साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबारसम्म बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।

समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रुप दिन आज बिहान ११ बजे पुनः पदाधिकारीको बैठक बस्दै छ । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले बोल्न लागेका हुन् । देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको जवाफ दिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !