२३ बैशाख २०८१, आइतबार

पार्टीको नेतृत्व परिवर्तन गर्ने अभियानबाट पछि हट्दिन, लागिरहन्छु : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टीको नेतृत्व बदल्नका लागि निरन्तर लागिरहने बताएका छन् । आज सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले पार्टीको नेतृत्व बदल्न लागेको र सकेमा बदल्ने स्पष्ट परेका हुन् ।

कांग्रेसका महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि आफू पछि नहटी लागिरहने सके बदल्ने तर नसके चुप लागेर स्वीकार्ने समेत बताए । उनले नेतृत्व परिवर्तनको कुरा गर्दा पार्टी फुटाउन लागेको भनेर आरोप लाग्ने गरेको गुनासो गरे ।

संसदीय दलको नेता बदल्न गाह्रो भएपनि आफू लागिरहने भन्दै संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि नेताहरूलाई आग्रह समेत गरे । थापाले सभापति देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहेपनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको बताए ।

उनले संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने बताउदै मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुने भएपनि उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको स्वीकार गरे ।

उनले पार्टी जमेको पोखरी भएकाले भन्दै म्युजिकल चेयर बदल्नुपर्ने बताए । उनले ३०/३५ वर्षदेखि ४/५ जना म्युजिकल चियर खेले जस्तो भएकोले वदल्नुपर्ने भन्दै सो कुरा सवैको हकमा लागू हुने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !