२० बैशाख २०८१, बिहिबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

आजको बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राखेपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !