२३ बैशाख २०८१, आइतबार

गृहमन्त्री श्रेष्ठ पुगे त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा


नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । त्रिभुवन विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन गृहमन्त्री श्रेष्ठ विमानस्थलको अनुगमन गरे भन्सार कार्यालय पुगेका हुन् ।

श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि उक्त भन्सार कार्यालय पुगेका छन् ।

सुन तस्करी प्रकरणबारे बुझ्न उनी आज शुक्रबार मध्याह्न अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका हुन् । गत बुधबार विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सोही क्रममा उनले कुनै पनि प्रकारको भ्रष्टाचारको सरकारले निर्मुल गर्ने दाबी गरेका छन् । उनले सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर छाड्ने दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !