२२ बैशाख २०८१, शनिबार

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको सचीवहरुलाई निर्देशन


डा. वैकुण्ठ अर्याल फाइल फोटो

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन् ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्याैटमा ध्यान दिन छलफल भएको छ ।

यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !