२२ बैशाख २०८१, शनिबार

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् । काँग्रेस केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्न लागेको हो ।

कांग्रेसको भोलि साउन २ गतेदेखि केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकको एजेण्डा तय गर्न बैठक बस्न लागेको हो । काँग्रेसको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको देहान्त भएकोले आवश्यक तयारी नपुगेको भन्दै भोलि साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

कांग्रेस विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि झन्डै एक वर्षपछि भोलि बस्न लागेको हो । गत वर्ष साउन २७ देखि असार २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !