२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ बहुमलते पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’लाई पारित गरि प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने छुट्टाछुट्टै प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

बैठकमा आर्थिक विधेयक माथि परेको ४ जनाको संयुक्त सुझावको सूचनालाई नेकपा(एमाले)का सांसद देबेन्द्र दाहालले प्रस्तुत गर्दै छलफल भाग लिएका थिए ।

त्यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक माथि परेको ४ जनाको संयुक्त सुझावको सूचनालाई नेकपा(एमाले)का सांसद भैरबसुन्दर श्रेष्ठले प्रस्तुत गर्दै छलफलमा भाग लिएका थिए ।

दुबै विधेयकहरु माथि बैठकमा दफाबार छलफल भई छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा.महतले जवाफ दिए पछि ती दुबै बिधेयकलाई पारित गरिएको हो ।

ती दुबै सुझावको सूचनाहरुलाई दुबै विधेयक पारित गर्नु अघि बैठकको बहुमतले अस्वीकृत गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक आउँदो साउन १ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !