२६ बैशाख २०८१, बुधबार

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती


प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सीताको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री समेत रहेका सीताका श्रीमान् प्रचण्डसहित दुई छोरीहरु रेणु दाहाल र गंगा दाहालले दागबत्ती दिएका हुन् ।

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माओवादी केन्द्रकी नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको थियो ।

सीताको ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !