२४ बैशाख २०८१, सोमबार

ललिता निवास परिसरभित्रका संरचना ७ दिनभित्र हटाउन महानगरको अल्टिमेटम


ललिता निवास परिसरभित्रका संरचना ७ दिनभित्र हटाउन महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ ।

आज आइतबार काठमाडौँ महानगरका प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वको टोलीले ललिता निवासभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशनअनुसार जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !