२० बैशाख २०८१, बिहिबार

आर्थिक विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयकमाथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री डा. महतले राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसपछि अर्थमन्त्री महतले उक्त विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !