१९ बैशाख २०८१, बुधबार

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न बालेनलाई सर्वोच्चको आदेश


सर्वोच्च अदालत र बालेन साह

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज मंगलबार लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । तर मेयर शाहले सामाजिक सञ्जालमार्फत आफूले अदालतको आदेश नमान्ने बताएका थिए ।

मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए । मेयर शाहको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबीसहित अधिवक्ता झा सर्वोच्च पुगेकी थिइन् ।

आज प्रारम्भिक सुनुवाइपछि श्रेष्ठको इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !