२४ बैशाख २०८१, सोमबार

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल शाह


अनिल शाह

काठमाडौँ । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो सोच ठ्याक्कै मिलेपछि आफू राजनीतिमा आएको बताएका छन् । ३१ वर्ष लामो बैंकिङ करिअरपछि शाह आज रास्वपा प्रवेश गरेका छन् ।

रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा रास्वपा प्रवेश गरेपछि उनले संचारकर्मीसंग यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू रास्वपा प्रवेश गरेको बताएका हुन् । उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । उनले बैङ्किङ करिअर छाडेपछि आफूले नेतृत्व विकासको तालिम दिइरहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो लामो बहसपछि रास्वपा सोच र आफ्नो सोच ठ्याक्कै मिलेको बताए ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ । लामो समयदेखि वैकल्पिक राजनीतिको पक्षमा बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !