२० बैशाख २०८१, बिहिबार

नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै बालेन गए अदालत


बालेन शाह फाइल फोटो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन उच्च अदालत पाटन पुगेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरका मेयर शाह अदालत गएका हुन् ।

काठमाडौं महागनरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका तर्फबाट संयुक्त रुपमा रिट दर्ता गरिएको छ । यसअघि नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न लिखित पत्रचार गरेको थियो ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको काठमाडौं महानगरले बताएको छ । काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै महानगरले ३२ जेठमा काम रोकेको थियो भने सोही क्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगरका मेयर बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !