२५ बैशाख २०८१, मंगलबार

संघीयता अनुसार बजेट आएन् : रौनियार


harinarayan

१६ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले सरकारले सार्वजनिक गरेको बजेटले सकारात्मक सन्देश दिएको तर महात्वाकांक्षी भएको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट विशेष साक्षात्कार कार्यक्रममा रौनियारले अर्थमन्त्री युवराज खतिवडाले भनेजस्तै बजेट देशको माटो सुहाउँदो भएपनि कार्यान्वयनको पाटो भने जटिल भएको बताए ।

तर प्रदेश र स्थानीय सरकारलाई करको अधिकार दिनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले असन्तुष्टी जनाए । उनले थपे,“संघीयता अनुसारको बजेट भएन । प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकार बारे प्रष्ट पार्नुपथ्र्यो ।”

प्रदेश नम्बर दुईलाई पर्याप्त बजेट विजियोजन नगरिएको रौनियारको गुनासो छ । सरकारले संघीयताअनुसार बजेट बनाउन नसकेकाले केही समस्या देखिएको उनको भनाई छ ।

सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको भन्दै रौनियारले झन्झटिलो प्रक्रिया प्रभावकारी नहुने दाबी गरे । गैर–राजनीतिक व्यक्तिले बजेट ल्याएकाले केही समस्या भए पनि भोलीका दिनमा सुधार गर्दै जानुपर्ने उनको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !