२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त वैरागीले लिए शपथ


शंकरदास बैरागी सपथ

काठमाडौँ । पूर्व मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैरागी मुख्य सचिव थिए ।

सरकारले आजै मुख्यसचिव वैरागीको राजीनामा स्वीकृत गरेर उनलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचीव डा. वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागी सपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !