२१ बैशाख २०८१, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु


हरिकृष्ण कार्की फाइल फोटो

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएतापनि केही समय ढिला गरेर सुनुवाइ सुरु भएको हो ।

आफूविरुद्ध परेका उजुरीको स्पष्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश कार्की सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका हुन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।

कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गरेको थियो । आज जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल सुरु गरेको हो । आउँदो असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !