२२ बैशाख २०८१, शनिबार

ज्ञानेन्द्र शाहीले संसद्‌मा मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा


ज्ञानेन्द्र शाही संसद्‌मा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा समय माग गरी शाहीले प्रधानमन्त्री प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएकोले प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड बिरुद्ध सर्वोच्च अदालतले मुद्दा आज दर्ता भएको छ भने जेठ ३० गते उपस्थित हुन भनेर अदालतले भनेको छ । शाहीले अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्डको हैसियतमा ? भनेर प्रश्न समेत गरेका छन् ।

शाहीले युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेकोले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गगर्न उक्त पदमा बसिरहनु उचित नहुने तर्क गरे । शाहीको भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीविरुद्ध नियोजित रुपमा गैरराजनीतिक तरिकाले लागिरहेको भन्दै उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !