२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले खोज्दाखोज्दै ओली संसद्‌मा टुप्लुक्क पुगे


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनकै अर्को दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सदनमा नदेखिएको भनेर खोजी गरेका छन् ।

परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन भएको स्मरण गर्दै ओली र देउवा नदेखिएकोमा गुनासो गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्वोधनका क्रममा ओली सांसदमा अनुपस्थिति भएको भन्दै प्रश्न उठाएका छन् ।आज सोमबार आफूले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तारूढ दलका सांसदहरू नै अनुपस्थित भएको भन्दै उनले खल्लो महसुस गरेको बताएका थिए ।

उनले हिजोदेखि सदनमा भारत भ्रमणका उठेका प्रश्नबारे स्पष्ट पार्न आफू यहाँ उपस्थित भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले खोज्दाखोज्दै ओली भने संसद्‌मा टुप्लुक्क पुगेका छन् ।

उनले भारत भ्रमणबारे जानकारी दिन सुरु गर्दा ढिला गरी ओली भने बैठक हलमा प्रवेश गरेका छन् । प्रतिपक्षी दलका नेता ओली आएपछि प्रधानमन्त्री प्रचण्डले उनलाई धन्यवाद समेत दिएका छन् । उनले भारत भ्रमणका सन्दर्भमा उठेका विषयहरुको जवाफ दिंदै छन् ।

यो पनि पढ्नुहोस्

संसदमा ओली र देउवा नदेखिएकोमा प्रधानमन्त्री प्रचण्डको गुनासो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !