१४ बैशाख २०८१, शुक्रबार

देउवाले भने – अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ


शेरबहादुर देउवा फाइल फोटो

गोदावरी, ललितपुर । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले अव पार्टीको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए । “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु”, उनले भने ।

हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको संगठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् । उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !