२१ बैशाख २०८१, शुक्रबार

मनिषा कोइरालाले राष्ट्रपतिलाई दिइन् लेन्डुप दोर्जेको संज्ञा


मनिषा कोइराला

काठमाडौँ । चर्चित अभिनेत्री मनिषा कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेललाई सांकेतिक रुपमा लेन्डुप दोर्जेको संज्ञा दिएकी छन् । राष्ट्रपति पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री कोइरालाको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

सामाजिक संजाल ट्वीटरमा आज दिउँसो लेख्दै कोइरालाले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति पौडेलको कदमप्रति तीव्र असन्तुष्टि पोखेकी हुन् ।

उनी राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विपक्षीमा देखिएकी हुन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जाने दिनै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै दिन राष्ट्रपतिले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ ।

राजनीतिक पार्टीका कतिपय नेताहरु, राजनीतिक विश्लेषकहरु, नागरिक समूहका अगुवाहरु र विद्यार्थी नेताहरुले सामाजिक संजालमा भारतलाई रिझाउनका लागि सरकारले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको टिप्पणी गरेका छन् ।

 मनिषा कोइराला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !