१८ बैशाख २०८१, मंगलबार

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस


रेशम चौधरी फाइल फोटो

काठमाडौँ । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

भोलि सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको तयारी रहेको छ । यस्तै आजको मन्त्रिपरिषद् बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस पनि गरेको छ ।

यसअघि जेठ १२ गते शुक्रबार राष्ट्रपति पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा नै फिर्ता पठाएका थिए । पूर्वसांसद चौधरीको सजाय माफी निवेदनमा राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्न राय दिएको हो ।

गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएतापनि राष्ट्रपति कार्यालयले रायसहित चौधरीको फाइल गृहलाई फिर्ता पठाएको थियो ।

आम माफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला, सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानून बमोजिम गर्न भनेर राष्ट्रपति पौडेलले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !