२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्रीको मुटु कामे जस्तो छ, तपाईंको मुटु चेक गर्न चाहन्छु : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुटु कमाएकोले आफूले मुटु चेक गर्न चाहेको टिप्पणी गरेका छन् ।

आज बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का गर्दै नाम मुछिएकालाई बयान लिन समेत नबोलाइनु आपत्तिजनक रहेको बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्न समेत उनले सचेत गराए ।

तीन पार्टी बसेर यो विषय मिलाउन खासखुस गरिएको आरोप लगाउँदै उनले यसमा आपत्ति जनाए । तर, त्यसको गन्ध ठासठुस आएको भन्दै लामिछानेले यसलाई रोक्न चुनौती दिए ।

उनले आफूलाई सञ्चारकर्मी हुँदा बयान दिन आउँछु भन्दाभन्दै बुट बजाएर न्यूजरुपबाट लैजाने काम भएको भएको स्मरण गर्दै अरुको हकमा किन यस्तो भएन भन्दै आक्रोश पोखे । उनले आफूलाई समाचार कक्षमा बुट बजारेर पक्राउ गर्न सक्नेले ठूला नेतालाई भने पक्राउ गर्न हच्किएको बताए ।

उनले अपराध अनुसन्धानमा हाइप्रोफाइलले काम नगर्ने भन्दै फाइलको मात्रै काम हुने बताए । बिचौलियाले नाम लिएकाहरुमाथि कारबाही गर्न हिच्किचाएको बताउँदै उनले अहिलेसम्म राजनीतिक नेतृत्व र कर्मचारी मिलेर भ्रष्टाचारकाण्ड मच्चाएको पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

नक्कली शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन रवि लामिछानेको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !