२३ बैशाख २०८१, आइतबार

संसदमा गगनले भने – शरणार्थी प्रकरणमा बार्दलीको मान्छेका साथै कसैलाई नछाडियोस्


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

आज बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिकात्मक रुपमा संकेत गर्दै नक्कली शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नाम मुछिएकालाई पनि छाड्न नहुने बताएका हुन् । उनले घरको या बार्दलीको जहाँसुकैको भए पनि छुट्न नहुने बताए ।

उनले उक्त प्रकरणको सरकारले गरिरहेको अनुसन्धानमाथि प्रश्न समेत उठाएका छन् । उनले सो प्रकरणमा समाजका कोको परे, को को परेनन् भन्ने कुराले लाज पनि लजाउन थालेको बताए ।

थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन् । उनले नीति कार्यक्रम प्रधानमन्त्रीसँग भएको भिजन र त्यसको आधारमा नीति कार्यक्रम नबनेको जिकिर गरे ।

थापाले नीति तथा कार्यक्रममा छलफल पनि यसैको आधारमा बजेट बन्ने जसरी बहस भइरहेको भन्दै उनले त्यो फरक भएको बताए । उनले सरकारले गरेको अनुसन्धानको प्रक्रिया फेयर भयो भने जनस्तरबाट वाहवाही हुने भन्दै उनले नत्र प्रश्न उठ्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !