२० बैशाख २०८१, बिहिबार

सरकारको नीति तथा कार्यक्रममाथि ओलीले आज संसदमा धारणा राख्दै


केपी शर्मा ओली

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीको धारणा राख्दै छन् ।

नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । संसद सचिवालयका अनुसार आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्न कार्यसूची रहेको छ ।

हिजो शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए । आज बस्ने संसद बैठकको प्रारम्भमा ओलीले आफ्नो धारणा राख्ने भएका हुन् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सरकारले ल्याएको नीति तथा कार्यक्रम पास हुन नदिने रणनीतिमा रहेको छ । एमाले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको हो । ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् ।

ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसद्बाट पारित गर्न नदिने बताए ।

सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताएका थिए ।

यो पनि पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम पास हुन नदिने एमालेको रणनीति

प्रतिनिधिसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !