१८ बैशाख २०८१, मंगलबार

रेशमको मुद्दाको बहस सकियो, आजै फैसला आउन सक्ने सम्भावना


सर्वोच्च अदालत

काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज भएको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा आज पनि बहस भएको थियो ।

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी लगायतको मुद्दामा आज पनि बहस भएको थियो । कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भोगिरहेका छन् । तर जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउ भनी दिएको पुनरावेदनको रिटमाथि सर्वोच्चतमा बहस भएको हो ।

सो मुद्दा सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएकोले आजै फैसला आउने प्रवल सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !