२० बैशाख २०८१, बिहिबार

कांग्रेसले खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा भोलि मात्र निर्णय गर्ने


बालकृष्ण खाण फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने बारेमा भोलि मात्र निर्णय गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र खाँण पक्राउ परेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले आज बुधबार साँझ धुम्बाराहीस्थित आफ्नो निवासमै पार्टीका शीर्ष नेताहरुलाई बोलाएर खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे ३ घण्टा छलफल गरेका थिए ।

आज देउवा निवास धुम्बाराही बसेको काँग्रेसका शीर्ष नेताहरुको बैठकमा सहमति नजुटेपछि पुनः भोलि बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको हो । भोलि फेरि काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बस्ने वैठकले खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिने भएको हो ।

आज बुधबारको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतले दाबी गरेको छ । नेकपा (एमाले) का सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेसंगै भोलि बस्ने काँग्रेसको बैठकले पनि खाँणलाई केन्द्रिय सदस्यबाट निलम्बन गर्नुपर्ने दवाव बढेको छ ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खाँणलाई *तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

एमालेले टोपबहादुर रायमाझी गर्यो निलम्बन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !