१४ बैशाख २०८१, शुक्रबार

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीचको बैठक जारी


शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीचको बैठक जारी रहेको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक जारी रहेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको सिंहदरबारमा जारी बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

आज बिहान मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए ।

सो प्रकरणका योजनाकार मध्येका एक भएको आरोप लागेका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् । रायमाझीलाई आजै बुधबार दिउँसो पार्टीले निलम्बन समेत गरेको छ ।

अहिले तीन शीर्ष नेताहरुबीच टीआरसीबारे छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले बताएको छ । आजको बैठक हिजोकै छलफलको निरन्तरता भएको बताइएको छ । हिजो मंगलबार पनि शीर्ष नेताहरुको छलफल भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड, देउवा र ओलीबीचको आजको भेटवार्ता के भयो कुराकानी ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !