२० बैशाख २०८१, बिहिबार

प्रचण्ड, देउवा र ओलीबीचको आजको भेटवार्ता के भयो कुराकानी ?


शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

आजको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !