२३ बैशाख २०८१, आइतबार

राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित


राप्रपाको नाराबाजी

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । आज बुधबारको बैठक प्रारम्भ हुनासाथ राप्रपा दलका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदले उभिएर आकस्मिक समय मागेका थिए ।

राप्रपाले मागेको आकस्मिक समय सभामुख देवराज घिमिरेले नदिएपछि आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध राखेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले प्रि-बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।

सभामुख घिमिरले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा राप्रपाका सांसदहरुले उठेर रोष्टम घेराउ गरेर अवरोध गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !